२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का नेता कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ परेका छन् ।

मंगलबार कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको कोणसभाबाट नेकपा (मशाल)का पोलिटब्युरोे सदस्य ७० वर्षीय कृष्णराज पौडेल सहित १३ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधी ज्ञवालीले बताए ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा स्थापना गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)ले स्थापनायता ३९५ जनालाई सेवा प्रदान गरेको छ ।

०७८ पुसमा स्थापना भएको केन्द्रले विभिन्न लैंगिक हिंसामा परेका ३९५ जनालाई सेवा प्रदान गरेको हो ।

पर्साको बहुदरमाई नगरपालिकास्थित एक विद्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् ।

बहुदरमाई वडा नम्बर ५ पाँडे बरवा टोलमा रहेको श्री मनोकामना आधारभूत विद्यालयमा अज्ञात समूहले आगजनी गरेको विद्यालयका प्रधानाध्यापक देवचन प्रसाद यादवले जानकारी दिए ।

पर्साको बहुदरमाई नगरपालिकास्थित एक विद्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् ।

बहुदरमाई वडा नम्बर ५ पाँडे बरवा टोलमा रहेको श्री मनोकामना आधारभूत विद्यालयमा अज्ञात समूहले आगजनी गरेको विद्यालयका प्रधानाध्यापक देवचन प्रसाद यादवले जानकारी दिए ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा स्थापना गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)ले स्थापनायता ३९५ जनालाई सेवा प्रदान गरेको छ ।

०७८ पुसमा स्थापना भएको केन्द्रले विभिन्न लैंगिक हिंसामा परेका ३९५ जनालाई सेवा प्रदान गरेको हो ।

दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले मंसिर १५ गते पुनः मतदान गराउने निर्णय भएको जानकारी दिए । उनले आजैदेखि निर्वाचनको तयारी थालिएको पनि बताए ।

चितवन — वाग्मती प्रदेशसभामा चितवनका ६ क्षेत्रबाट चुनिएकामध्ये दोहोरिने एक जना मात्रै छन् । पहिलो पटक प्रदेशसभामा पाइला राख्ने ५ मध्ये ३ जना राजनीतिमा तीन दशक गुजारेका अनुभवी व्यक्ति छन् । स्थानीय निकाय सञ्चालन गरेको अनुभव बटुलेका उनीहरू पहिलो पटकको प्रयासमै प्रदेशसभा सदस्य निर्वाचन जित्न सफल भएका हुन् ।

जनकपुर — साताव्यापी राम-जानकी विवाह महोत्सवको मुख्य आयोजन सोमबार हुने भए पनि श्रद्धालु आउने क्रम भने शनिबारदेखि नै सुरु भइसकेको छ । यात्रीहरूको भीडलाई ध्यानमा राखी जनकपुर रेल्वेले आइतबारदेखि अतिरिक्त सेवा सञ्चालन गरेको छ ।

जनकपुर — राम–जानकी विवाहोत्सव मनाउन आएका श्रद्धालुले जनकपुर भरिभराउ भएको छ । सोमबार हुने विवाहोत्सवमा सहभागी हुन देशभित्रै र भारतबाट श्रद्धालु आउने क्रम जारी छ ।

खोटाङ — दिक्तेलमा रहेको राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अन्यत्र सार्न लागिएको भन्दै ललितपुरको हरिहर भवनस्थित आयोगको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको अगुवाइमा आइतबार ज्ञापनपत्र बुझाइएको हो ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।