अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनले विद्यार्थी राजनीतिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको थियो तर, यसले उठाएका प्रश्नहरू र उत्पन्न गरेका विवादहरूले यसको सान्दर्भिकता माथि गम्भीर प्रश्न उठाएका छ। धेरै समय नेतृत्व चयनमै खर्च भयो। यसले गर्दा अन्य महत्वपूर्ण विषयहरूमा छलफल हुन सकेन। यस सम्मेलनले देशको शैक्षिक अवस्था, समाजवाद, विज्ञान र संस्कृति जस्ता गम्भीर विषयहरूमा गहन बहस चलाउनु पर्ने थियाे तर त्यसाे नहुदा विद्यार्थीहरूमा निराशा पैदा पारेकाे छ । नेताका आफन्त र आसेपासेलाई नेतृत्वमा पुर्याउन विभिन्न जिल्लाबाट आशाका किरणा लिएर आएका प्रतिनिधिहरूलाई प्रभाव पार्ने प्रयास गरियो। यसले भरपुर माध्यममा विद्यार्थी राजनीतिमा विकृति ल्याएको छ साथै सम्मेलन गर्ने भनी विभिन्न समूहहरूबीच विवाद र असमझदारी उत्पन्न गराएर संगठनलाई कमजोर बनाउने दुस्प्रयाससमेत गरिएकाे छ ।
आजकाे याे २१ औँ शताब्दीमा हामीले प्रविधिको अधिकतम प्रयोग गरेर कामलाई सहज बनाउन सक्छौँ । अन्य देशहरूले आफ्नो राष्ट्र प्रमुख छनोट गर्न डिजिटल भोटिङको प्रयोग गरिरहेका छन् । हामीले पनि अखिल (क्रान्तिकारी)को नेतृत्व चयनका लागि डिजिटल निर्वाचनको प्रयोग गर्न सक्छौँ ।
अमेरिकाका, युरोपेली युनियनका धेरै देशहरूका विश्वविद्यालयहरू, एशियाकाे भारत, जापान, दक्षिण कोरिया जस्ता देशहरूका केही विश्वविद्यालयहरूले समेत विद्यार्थी संघको निर्वाचनका लागि अनलाइन मतदान प्रणाली प्रयोग गर्दै आएका छन् । अझ केही विश्वविद्यालयहरूले ब्लकचेन प्रविधि प्रयोग गरेर मतदान प्रक्रियालाई अझ सुरक्षित बनाउने प्रयास पनि गरेका छन् । अष्ट्रेलियाका केही विश्वविद्यालयहरूले त झन मोबाइल एप्स कै प्रयोग गरेर विद्यार्थीहरूलाई मतदान गर्न सजिलो बनाएका छन् । यी त ज्वलन्त उदाहरण मात्र हुन् । अहिलेकाे याे विज्ञन तथा प्रविधिकाे युगमा विश्वविद्यालयका विद्यार्थीहरू त झन नयाँ नयाँ सीप, ज्ञान हासिल गरि प्राविधिक क्षेत्रमा त अग्रसर हुनु पर्नेमा अझै पनि त्यहि पुरातनबादि साेच विचार लिएर हिडेकाे पाइन्छ । आखिर याे कसकाे कम्जोरी हाे त ?
अब त डिजिटल निर्वाचन गरि मतदान प्रक्रियालाईअगाडि बढाएर पारदर्शीता बनाई भोट चोरी र अन्य अनियमितताहरूलाई रोक्न सहयाेग गर्नु पर्ने समयमा अझै पनि परम्परागत शैली अपनाएर विद्यार्थीहरूकाे समय र आर्थिक रूपमा खर्च गरेकाे देखिन्छ । तर त्यसाे नगरि अबका दिनमा डिजिटल निर्वाचन गरेमा विद्यार्थीहरूको मतदानमा सहभागिताकाे प्रतिशातमा समेत वृद्धि गराउन सकिन्छ याे तर्फ चाहिँ नेतृत्वको ध्यान कहिले जान्छ ।
अबकाे अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनले विद्यार्थी राजनीतिमा देखिएका विकृतिहरूलाई उजागर गरि कमजोरीहरूलाई सच्याएर संगठनलाई नयाँ दिशा तर्फ लैजान जरूरी छ । साथै अबका विश्वविद्यालयका विद्यार्थीहरूलाई २१औँ शताब्दीको चुनौतीहरूको सामना गर्न तयार पार्नेछ र भावी पुस्ताहरू सक्षम र क्षमतावान उत्पादन हुनेछन् भन्ने कुरामा पनि विश्वास राखेकाे छु ।
सानाेठिमी क्याम्पस, सानाेठिमी भक्तपुर
स्ववियु सदस्य तथा अखिल (क्रान्तिकारी) सनोठिमी क्याम्पस समिति सचिव
दिपक कुमार खड्का