कैलाली– लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरीदिन्छु भनी रकम लिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-७ बस्ने २९ वर्षीय रूपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन् । उनीहरूले लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक जना थुनुवालाई थुनामुक्त गरीदिन्छु भनी थुनुवाका परिवारका सदस्यहरूबाट रकम लिएको खुल्न आएको छ । प्रहरीले उनीहरूको साथबाट ३९ हजार ५ सय भारतीय रूपैयाँ बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0