काठमाडौं । रोशी खोलामा आएको बाढीको कारण डाईभर्सन बगाउदा अवरुद्ध भएको बीपी राजमार्ग साँझबाट सञ्चालनमा आएको छ ।

आज दिउसो रोशी गाउँपालिकाको माम्तीमा डाईभर्सन बगाउदा बीपी राजमार्ग अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय भक्तपुर र अन्य मेसिन प्रयोग गरेर पुनः डाईभर्सन निर्माण गरेर सडक सुचारु गरिएको छ ।

ईलाका प्रहरी कार्यालय मंगलटारका इनेस्पेक्टर कृष्ण गिरीले दिएको जानकारी अनुसार अहिले माम्तीमा डाइर्भसन बनाएर यातायात सेवा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0