काठमाडौँ । भारतीय मालवाहक गाडी निर्वाध रुपमा नेपालमा चल्न थालेपछि नेपाली यातायात व्यावसायी मर्कामा परेका छन् । ओभरलोड बोकेर निर्वाधरुपमा भारतीय मालवाहक गाडीले सामान ओसारपसार गरेपछि ट्रक व्यवसायी संघ र यातायात व्यवसायी समिति मारमा परेका हुन्। भारतीय गाडी नेपालमा निर्वाध चल्दा नेपालि गाडी भनि खालि र रित्तै बस्नु परेको यातयात व्यवसायीको गुनासो रहेको छ ।
भारतबाट नेपाल प्रवेश गर्ने कार,जीप र भ्यानले दैनिक ४ सय ८० रुपैयाँ तिर्दै आएका छन् । अन्य मालबाहक लगायत अन्य सवारीसाधनले पनि दैनिक ४ सय ८० रुपैयाँ तिर्नुपर्ने व्यवस्था रहेको छ । सरकारले भारतीय मालबाहक गाडीहरुको प्रवेश शुल्क बढाउनुपर्ने र ब्यवस्थापन गर्नुपर्नेमा पटक पटकको अनुरोध गर्दा समेत वास्ता नगरेपछि आन्दोलनमा उत्रिनुको विकल्प नरहेको ट्रक व्यवसायी हेमराज पौडेल(राजन)ले बताए ।
भारतले प्रतिबन्धित गरेका २० वर्ष पुराना गाडीले क्षमताभन्दा बढी सामान बोकेर नेपाल प्रवेश गरेकोले नेपाली यातायात व्यवसायी प्रतिस्पर्धा गर्न नसकेर मर्कामा परेका छन् ।
ओभरलोडकै कारण नेपाली ट्रक व्यवसायीले न्यूनतम भाडादर पनि नपाउने गरेको राजनले बताए । ‘हाम्रो अवस्था दिनदिनै दयनीय हुँदै गएको छ। हप्ता दिनसम्म गाडी थन्काउनु परेको छ, लाखौ मुल्य लगानी गरेर राज्यलाई राजश्व बुझाउनु बाहेक केही विकल्प छैनु, राजनले भने ।
जुनसुकै देशको सवारीसाधन नेपाल आए त्यहाँको कानुनलाई मान्नु पर्ने भएपनि दैनिक रुपमा भारतीय गाडी सेटिङको रुपमा नेपाल प्रवेश गरी ओभरलोड बोकेर देशभर घुमिरहेको उनको भनाइ छ।
ओभरलोड नबोकी नेपाल आएका गाडी केही हदसम्म नेपाली ट्रकले प्रतिस्पर्धा गर्न सक्ने भएपनि प्रतिबन्धित गाडी नेपाल आउदा कुनै पनि हालतमा प्रतिस्पर्धा गर्न नसकिने उनले बताए।
मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुनअनुसार क्षमताभन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । ओभरलोड गर्ने र निर्धारित भाडादर भन्दा कम भाडा लिए संस्थाले ट्रक नवीकरण तथा दर्ता नगर्ने, दुर्घटना बिमा र सेवा सुविधाबाट बञ्चित हुनुपर्ने लगायतका व्यवस्था रहेको छ ।
तर भारतीय गाडीले भन्सार बिन्दुमै पल्टी नगरी नेपाल सम्म सेटिङको आधारमा नेपालको जुन सुकै ठाउमा पुर्याउने भएकाले नेपालि ट्रक व्यवसाय मारमा परेका छन् । नेपालि गाडी भन्सारमा १५(२० सम्म खाली बसिरहदा भारतीय गाडी भनि सरासर सामान लिएर नेपाल भित्री रहेका छन् ।
सरकारले यसको उचित व्यवस्थापन नगरे नेपाल भरिका ट्रक व्यवसायहरुले नेपाल भरि मालबाहक ट्रक नचलाउने र आम हडतालमा जाने एक ट्रक व्यवसायीहरुको तयारी रहेको बुझिएको छ ।