रामेछाप । नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियु परित्याग गरि जोहोनसोन कार्की अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन् । शुक्रबार मन्थलीमा आयोजित एक कार्यक्रममा पुर्व गृह राज्यमन्त्री तथा संविधानसभा सदस्य, नेकपा (माओवादी केन्द्र)को केन्द्रिय सदस्य समेत रहेका रामेछाप जिल्ला पार्टी इन्चार्ज श्याम कुमार श्रेष्ठले स्वागत गरिएकाे थियाे ।
कार्की २०७३ साल देखि अनेरास्ववियूमा सक्रिय भई अनेरास्ववियूको जिल्ला कमिटि सचिवालय सम्म भएका थिए । २०७९ सालमा भएको स्ववियू निर्वाचनमा मन्थली क्याम्पसबाट अनेरास्ववियूको समानुपातिक सदस्यका उम्मेदवार थिए ।
प्रवेश कार्यक्रममा माओवादी केन्द्रका जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
+1
+1