काठमाडौं । अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १४ संस्कणमा सहभागी हुन भिजन तामाङ बुधबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन् ।

अगष्ट २४ तारिखमा हुने प्रतियोगितामा भिजनले २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । उनले पुरुष ३८ केजीमुनि र एकल पुम्सेमा सहभागिता जनाउने छन् । भिजनसंगै अफिसियल मिनप्रसाद खनाल पनि बुधबारै दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

आईओएफटीसीमा नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । अशोक दक्षिण कोरियामै छन् । उनले ग्यारोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0