रौतहट । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट बिधार्थी संगठन अखिल क्रान्तिकारी रौतहट जिल्ला समिति द्वारा डाक्टर मौमिता देवनाथको न्यायका लागि दिप गरेका छन् ।
भारतको कोलकतामा बलात्कार पछि मृत्यु भएकी डाक्टर मौमिता देवनाथको न्यायका लागि रौतहटको मेथुर चौक गरुडामा दीप प्रज्वलन गरिएको अखिल क्रान्तिकारी रौतहट जिल्ला अध्यक्ष कुन्दन महतोले जानकारी दिए ।
मंगलबार बेलुका अखिल क्ररान्तिकारी रौतहट द्वारा मेथुर चौक, गरुडामा दिप प्रज्वलन गरेका हुन । डा. मौमिता देवनाथको आत्मा शान्ति तथा दोषीलाई कारबाहीको माग गर्दै दीप प्रज्वलन गरिएको हो ।
अखिल क्ररान्तिकारी रौतहट जिल्ला समिति तथा रौतहटका यूवाहरुको संयुक्त सहकार्यमा आर जे कर मेडिकल कलेज कोलकत्तामा बलात्कार पछि विभत्स हत्या गरिएकी डा. मौमिता देवनाथको सम्झनामा दिप प्रज्ज्वलन तथा शोक सभा आयोजना गरिएको हो ।
गत अगस्ट ९, २०२४ मा ३६ घण्टे ड्युटी सकेर सेमिनार हलमा आराम गर्न गएकी डा देवनाथको बलात्कार पछि हत्या गरिएको थियो तर उक्त घटनाका आरोपीहरुको भने अहिलेसम्म पहिचान हुन सकेको छैन।
कार्यक्रममा उपस्थितहरुले हातमा बलात्कार तथा महिला हिँसा विरुद्ध लेखिएका नारा र मैनबत्ती बोकेर उक्त घटना प्रती ऐक्यवद्धता जनाएका थिए ।