दाङ । दाङमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका-१३, दमारगाउँमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । उनका अनुसार इनारभित्र पसेका सोही ठाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको हो ।
बुधबार बिहान १० बजेतिर दुवै जना इनार सफा गर्न इनारभित्र पसेका थिए । तर, इनारभित्र अचेत भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नेपाली सेनाको अम्बापुर बेस क्याम्पबाट रमेश पराजुलीको कमाण्ड खटिएको नेपाली सेनाको टोलीले उनीहरूलाई इनारबाट अचेत अवस्थामा उद्धार गरेको थियो ।
त्यसपछि उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1