काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ(कान्छाराम) ले विद्युतको बक्यौता रकम नतिर्नेसँग साँठगाँठ गरेर बिजुली नजोड्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भएकाे भेटवार्तामा के भयाे छलफल ?

राज्यमन्त्री तामाङले विद्युत् प्रसारण गर्ने तार कहीँ कतै पनि सिधा नदेखिएको भन्दै कर्मचारीहरुलाई कस्काे कारण यस्तो भएको भन्दै प्रश्न गरे ।‘कुनै ठाउँमा त्यस्तो पाइयो भने म सिधै त्यस ठाउँका कर्मचारीलाई विभागीय कार्वाही गर्छु ।’ उनले भने,‘ तार बाङ्गो लगाउने,विजुली खम्बा बाङ्गो पार्ने , यस्तो खालको कर्मचारीहरु सावधान हुनुस् । तपाइहरुलाई मेरो आग्रह छ ।कर्मचारी साथीहरुले धेरै कामहरु गर्नुपर्ने छ । कुनै पोलबाट तपतप तेल चुहिएर बसेको छ ,कोहि चाँही ट्रान्समिटर टनन कराइरहेको छ । यो कसको कारणले हो ? के यो हामी उर्जा मन्त्रीको कारण हो ? के उर्जा सचिवको कारण हो ? के कार्यकारी निर्देशकको कारण हो ? तपाईहरुको कारणले गर्दा त्यस्तो भएको हो । तसर्थ सावधान हुनुस् । कर्मचारी साथीहरुलाई म यस मन्चबाट हात जोडेर यस्तो काम नहोस भन्न चाहन्छु ।’

कोटेश्वर बहुमुखी क्याम्पसका नेविसंघ पुर्व सभापति दिनेश कार्की माथी खुकुरी प्रहार

त्यस्तै उनले विद्युत् प्राधिकरण नाफामा गयो भनेर धेरै बोनस नबाँड्न पनि आग्रह गरे । उनले अझै दोब्बर नाफा हुनेगरी काम गर्न आग्रह गरे ।

राज्यमन्त्री तामाङले कुनै कार्यालयले महसुल नतिरे ट्रान्समिटर झिकेर कार्यालयमा ल्याएर राख्न अनुरोध समेत गरे । उनले राम्रो काम गर्नेलाई सम्मान साथै निरन्तरता दिनेलाई अवसर समेत सरकारले दिइने बताएका थिए ।

डेडिकेडेट तथा ट्रंकलाइन बक्यौता नतिरेका उद्योगको लाइन काटिँदैन ; उद्योग मन्त्री भण्डारी

आफु राजनीतिक व्यक्ति भएकोले पद स्थायी नरहेको बताउँदै उनले कर्मचारी स्थायी सरकार भएकोले राम्रो काम गरेर देखाउन अनुरोध गर्दै सरकारले नेपालभर विद्युतीय ट्याक्सी सञ्चालन गर्नेबारे पनि सोचिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
2
+1
0
+1
1