काठमाडाैं | सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका- ५ थामेमा हिमताल फुटेर लेदोसहितको बाढी आएको पुष्टि भएको छ । थामेमा हिमताल फुटेका कारण लेदोसहितको बाढी आएको पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा ताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको हो ।

थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासि उर्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्य चौकीमा क्षति पुर्‍याएको छ ।

बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्य चौकी गरी २० घरमा क्षति पुगेको छ ।​ रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान प्रभावित क्षेत्रमा पुगेको थियो ।

तस्वीरहरू : नेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0