काठमाडौं : अवैध लागूऔषध कोकिन १ किलो १ सय ४ ग्राम सहित २ जना विदेशी नागरिकलाई सोमबार प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा तानजानियन नागरिक ५८ वर्षीय JUMA ABDULLA MZEE र भारतीय नागरिक K ZUCHOBENI TSOPOE रहेका छन् । 

लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वरस्थित एक होटलमा बसेका JUMA ABDULLA MZEE को कोठा तलासी गर्दा झोलाभित्र लुकाई राखेको ८० वटा क्याप्सुलमा रहेको उक्त परिमाणको कोकिनसहित उनलाई पक्राउ गरेको हो । साथै उक्त कोकिनका क्यापसुलहरू डेलिभरी दिने क्रममा भारतीय नागरिक K ZUCHOBENI TSOPOE लाई समेत प्रहरीले पक्राउ गरेको हो  । थप अनुसन्धानको क्रममा K ZUCHOBENI TSOPOE ले उक्त कोकिन भारततर्फ लैजान लागेको समेत खुल्न आएको छ । बरामद कोकिनको अवैध बजार मूल्य करिब ३ करोड ८७ लाख हुन आउने ब्यूरोले जनाएको छ ।

उनीहरू उपर काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0