काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार ७ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार १ सय रुपैयाले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1