काठमाडौ । रामेछाप जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ(कान्छाराम) नेपाल सरकारको उर्जा ,जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
शुक्रवार रास्ट्रपति रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस रामेछापको जिल्ला सभापति समेत रहेका तामाङ सहित अरुण कुमार चौधरी र रुपा विकलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।
तामाङ र विक नेपाली काङ्ग्रेसबाट हुन् भने चौधरी नागरिक उन्मुक्ति पार्टी(नाउपा) बाट हुन् । आज तीन राज्यमन्त्री नियुक्ति भएसंगै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रीपरिषद्ले पुर्णता पाएको छ ।
तामाङ देशभरबाट सर्वाधिक भोट ल्याएर जित्नेमा चौथो सांसद हुन् । उनले रामेछापबाट ४७ हजार ९९ मत ल्याएर विजयी भएका थिए ।
सफल निर्माण व्यवसायी हुँदै राजनीतिमा आएका तामाङले जिल्लाका धेरै स्थानमा आफ्नै व्यक्तिगत सहयोगमा विकास निर्माणका कामहरू गरेका छन् ।