Photo By Milan Ghimire

रामेछाप । प्रतिनिधसभा सदस्य एवम् नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति पुर्ण बहादुर तामाङ(कान्छाराम)ले गोकुलगंगा गाउँपालिका वडा न. ६ फर्पुमा घरमाथिबाट खसेको पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ ।

शनिबार बिहानै घटनास्थलमै पुगेर सांसद कान्छारामले घट्ना पिडितको प्रति परिवारलाई १०–१० हजारको दरले आर्थिक सहयोग गरेका हुन् । बिहीबार साँझ घरमाथिको ढिस्को भत्किएर १८ वर्षीय सिता तामाङ, १५ वर्षीय आशिका दोङ र १३ वर्षीय लक्ष्मी तामाङका मृत्यु भएको थियो । मृतकका परिवारलाई सान्तवा सहित सांसद कान्छाराले आर्थिक सहयोग गरेका हुन् ।

उनले स्थानियको सुरक्षित बसोबासको लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँदै संसदमा पनि आवाज उठाउने जानकारी दिए ।

सांसद कान्छारामले फर्पुमा भएको घट्नाले आफुलाई दुख लागेको बताउँदै सम्पुर्ण जिल्ला वासिलाई सुरक्षित साथ बस्न समेत आग्रह गरे ।

रामेछापेली जनताको दुखमा कान्छाराम सँधै अग्रसर भएर सहयोग गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0