काठमाडौं : ठगी सम्बन्धी कसुर मुद्दामा फरार प्रतिवादी काभ्रे तेमाल गाउँपालिका-५ घर भई ललितपुर महानगरपालिका-९ बालकुमारी बस्ने ४९ वर्षीय सिबि लामा भन्ने चन्द्र बहादुर तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं जिल्ला अदालतबाट २०८० फागुन २० गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चितवन भरतपुरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1