गाउँमा रोड पुगेको छ।
पानी पनि आउँछ।।
विद्यालय पनि छ।
स्वास्थ्य चौकी पनि छ।।
नुन लिन हाट जानू पर्थ्यो।
अहिले साहिँला घर पाऊछ।।
भात खान दशैं कुर्नु पर्थ्यो।
अहिले दिनहु दिन खाइन्छ।।
न्याय नपाए गोर्खा जानू भन्थे।
गोर्खा भन्दा ठूलो नगरपालिका छ।।
किन हो किन मेरो त चित्तै बुझ्या छैन।
खासमा मलाई के पो चाहिएको हो।।
खेलौना चाहिएको हो भनौं।
म बच्चा पनि त होइन।।
डोको चाहिएको हो भनौं।
म घाँस दाउरा पनि त गर्दिनँ।।
कुटो कोदालो चाहिएको हो भनौं।
म एक असली किसान पनि त होइनँ।।
रातो कलम चाहिएको हो भनौं।
म हाकिम पनि त होइन।।
खास के चाहिएको हो।
अन्जान छु,अनविज्ञ छु।।
म को हुँरु र मैले के गर्नु पर्ने हो।
मलाई नै थाह छैन,अचम्म्म छ बा।।
म पिरोलिएको कसैले देखे कि।
कठै बरै लाज मर्दो।।
आफैले आफैलाई नचिन्ने पो भएछुँ।
भयो अब कसैले सुन्लान फेरी।।
कोहि आइदिए हुने,बताइदिए हुने।
म के हुँरुमैले के गर्न पर्ने हो।।
सबै पुग्दो छ तर पनि किन दुख छुँ।
मन अत्तालिएको छ,अचम्म छ बा।।
( दिगाे दिगाे -आठबिकोट नगरपालिका वडा न.१० रुकुम पश्चिम्)