काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी र मापदण्ड विपरित बनाइएका घर टहरामा डोजर चलाएको छ ।
महानगरले आज बिहान गौशालाचोक आसपासमा सडककिनार अतिक्रमण गरी बनाइएको घर टहरा सटरहरु भत्काएको नगरप्रहरी बलका प्रमुख राजु पाण्डेले जानकारी दिए ।
उनका अनुसार गौशालादेखि एयरफोर्टतर्फ जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका घरहरु भत्काउन सुरु गरिएको हो ।
मापदण्ड विपरित बनाइएको घर टहरामा नियमित रुपमा भत्काउँदै जाने प्रमुख पाण्डेकाे भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
+1
+1
+1