नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको आठौं बैठक ललितपुरको बालकुमारीमा बसी रहेको छ।

बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुने समाजवादीले जनाएको छ । बिहान ११ बजे बस्ने भनिए पनि ढिलो गरी बैठक बसेको हो ।

दुई दिनसम्म चल्ने बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल हुनेछ।

एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0