भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेश राज्यको वाराणसीबाट लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
प्रधानमन्त्री मोदीले मंगलबार वाराणसीको जिल्ला मजिस्ट्रेटको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि वाराणसी पुगेर उनले दशाश्वमेध घाट र काल भैरव मन्दिरमा पूजा गरेका थिए ।
मोदीको मनोनयनमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, धेरै केन्द्रीय मन्त्रीहरू र १२ राज्यका मुख्यमन्त्रीहरू सामेल थिए ।
उनि तेस्रो पटक वाराणसीबाट चुनाव लड्दै छन् । भने भारतीय राष्ट्रिय कांग्रेसले अजय राईलाई सो स्थानबाट उम्मेदवार बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1