बझाङ । बझाङ प्रदेश १(क) अन्तर्गत प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा २२ हजार २९६ मत गन्दा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार ४०६ मत प्राप्त गर्दा एमालेका दमनबहादुर भण्डारीले ८ हजार १६५ मत ल्याउँदै पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ११३ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार २६६ मत ल्याएका छन् ।
बझाङको क्षेत्र नम्बर १ को प्रदेशसभा ९१ ० मा शनिबार भएको उपनिर्वाचनमा ४९।१२ प्रतिशत अर्थात ३० हजार ३२८ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1