२०८२ फाल्गुन १ शुक्रबार
२०८२ फाल्गुन १ शुक्रबार

सर्लाहीमा सात किलो गाँजासहित दुई जना पक्राउ

सर्लाही । लागुऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आज मलङ्गवा नगरपालिका–७ स्थित गणेसिया चोकमा चेकजाँचका क्रममा सात किलो ८०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले पक्राउ पर्नेमा कौडेना गाउँपालिका–१ का १९ वर्षीय निलेश मण्डल र चक्रघट्टा गाउँपालिका–३ का ३२ वर्षीय शेष मोफिज रहेका जानकारी दिए । उनका अनुसार नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतीय नम्बरप्लेट भएको बिआर ०६ एबी २७२९ नम्बरको मोटरसाइकलमा सवार निजहरूलाई रोकेर साेधपुछ गरेको थियो ।


सोही क्रममा मण्डल र मोफिज सवार मोटरसाइकलमा सिट आकार बनाएर ल्याइएको अवैध गाँजा प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार निज दुवैले रातो प्लास्टिकमा पोको पारेर गाँजालाई मोटरसाइकलको सिट तल लुकाएर ल्याएका थिए ।

प्रहरीले पक्राउ परेको मोटरसाइकल, चालक मण्डल र पछाडि सवार मोफिजलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । दुवै जनाविरुद्ध अवैध लागुऔषध मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रवक्ता राईले बताए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।