२०८२ फाल्गुन १ शुक्रबार
२०८२ फाल्गुन १ शुक्रबार

खुवा बनाउने मेसिनमा च्यापिएर १९ वर्षीय युवाको ज्यान गयो

काठमाडौँ । सर्लाहीको धन्कौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनी उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक युवा मजदुरको बीभत्स मृत्यु भएको छ। उखुको खुवा बनाउने मेसिनमा च्यापिँदा धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षीय चुनचुन रायको घटनास्थलमै ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार उद्योगमा मजदुरी गर्दै आएका राय बुधबार मेसिनमा काम गरिरहेका बेला अचानक दुर्घटनामा परेका थिए।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ। उद्योगभित्र भएको यस दुःखद घटनाबारे थप अनुसन्धान भइरहेको र सुरक्षा मापदण्ड पालना भए-नभएको बारे पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।