२०८२ फाल्गुन १ शुक्रबार
२०८२ फाल्गुन १ शुक्रबार

बैंक लुटिएको रकम खोजीका क्रममा सिन्धुलीबाट ठूलो परिमाणमा अमेरिकी डलर बरामद

काठमाडौँ । बैंक लुटपाटको रकम खोज्ने क्रममा सवारी चेकिङ कडा पारिएको बेला प्रहरीले सिन्धुलीबाट ठूलो परिमाणमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित चेकपोष्टबाट झापाको मेची नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनी काठमाडौँबाट इलामतर्फ जाँदै गरेको बा १६ च ८०४८ नम्बरको टाटा सुमोमा सवार थिए।

उनको साथबाट ५७ हजार अमेरिकी डलर र १२ हजार नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। नेवारमाथि इलाका प्रहरी कार्यालय खुर्कोटमा राखी थप अनुसन्धान भइरहेको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।