काठमाडौँ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले युवराज दुलाल ‘शरद’ को नाम एकल सिफारिस गरेको छ ।

पार्टी जिल्ला कमिटीको सिफारिस अनुसार बिहीबार बसेको क्षेत्रीय समिति बैठकले दुलालको नाम प्रतिनिधिसभा उम्मेदवारका रूपमा अघि सारेको हो ।
हाल बागमती प्रदेशसभा सदस्य रहेका दुलाल यसअघि पटक–पटक बागमती प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।













