२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

खैरो हिरोइन र नगदसहित एक युवक पक्राउ

काठमाडौँ — नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन र नगदसहित एक युवा पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौँ महानगरपालिका–१३ बाफल क्षेत्रमा लागूऔषध बिक्री तथा ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा सिन्धुली घर भई नागार्जुन बस्ने युवराज लाखेलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार लाखेको साथबाट ५.८२ ग्राम खैरो हिरोइन र नगद ५४ हजार ६०० रुपैयाँ बरामद गरिएको छ। साथै एक थान मोबाइल फोन पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका लाखेलाई लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रवक्ता भट्टराईले जानकारी दिए।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।