२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

वीरगन्ज भन्सार क्षेत्रबाट हुण्डीको १० लाखसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज — वीरगन्ज भन्सार क्षेत्रबाट स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति भारत बिहार राज्य, मोतिहारी जिल्ला रक्सौलका ५३ वर्षीय सुरेन्द्र साह रहेका छन्।

सीमापारी रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको साहले चलाएको मधेस प्रदेश–०३–०२५ प ९८०७ नम्बरको मोटरसाइकललाई वीरगन्ज महानगरपालिका–१६, रजत जयन्ति चोकमा प्रहरीले रोक्दै चेकजाँच गरेको थियो।

प्रहरी चेकजाँचको क्रममा मोटरसाइकलको एयर फिल्टरभित्र लुकाइ राखिएको १ हजार दरका ७ सय नोट र ५ सय दरका ६ सय नोट गरी कुल १० लाख रुपैयाँ बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रहरीले पक्राउ परेका साहलाई हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा थप अनुसन्धान अघि बढाएको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।