२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

गृहमन्त्रीलाई सुधन गुरुङको प्रश्न– ओलीकै पारामा ढल्किनुभएको हो ?

काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश प्रकट गर्दै एमाले नेता महेश बस्नेत र निकोलस भुसालप्रति गरिएको फरक व्यवहारबारे प्रश्न उठाएका छन् ।

गुरुङले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीको नीतिगत निष्पक्षतामाथि शंका व्यक्त गर्दै भनेका छन्, “निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो गृहमन्त्रीज्यू ? अनि किन निकोलसमात्रै पक्राउ परे ?”

उनले थप प्रश्न गर्दै भनेका छन्, “कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनुभएको हो ? बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो । लाग्छ आन्दोलन हार्दैछ ।”

गुरुङको यो भनाइ जेनजी अभियन्ता भावना राउतले सामाजिक सञ्जालमा राखेको धारणा सँगै सार्वजनिक भएको हो । उनले राउतको अभिव्यक्तिलाई समर्थन गर्दै गृहमन्त्रीको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।