२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

बनेपामा सुरु १२ वर्षे श्री श्वेतकाली (नरदेवी) नाच

काभ्रेपलाञ्चोक — बनेपामा आजदेखि परम्परागत, ऐतिहासिक र धार्मिक महत्वको १२ वर्षे श्री श्वेतकाली देवी (नरदेवी) नाच सुरु भएको छ। हरेक १२ वर्षमा आयोजना हुने यो नाच बनेपा नगरको ऐतिहासिक लायकु डबलीमा तीन दिनसम्म सञ्चालन हुनेछ।

जात्रा व्यवस्थापन समितिका अनुसार देवीलाई आज भक्तपुरबाट विधिवत् रूपमा बनेपातर्फ प्रस्थान गराई लायकु गणेशस्थानमा ल्याइनेछ। त्यसपछि मङ्गल यात्रासहित देवीलाई लायकु डबलीमा प्रवेश गराइने र मध्यरातसम्म परम्परागत देवी नाचहरू प्रस्तुत गरिने जनाइएको छ।

समितिकी संयोजक भुलक्ष्मी मानन्धरका अनुसार, नाचको सञ्चालन परम्परागत नाचगुठी, ङत त्वाः समाजका सदस्य तथा स्थानीय बासिन्दाको सहभागितामा हुने छ।

परम्पराअनुसार, श्री श्वेतकाली देवी (नरदेवी) नाच काठमाडौँ, ललितपुर, कीर्तिपुर, भक्तपुर र बनेपाका लायकु डबलीमा हरेक १२ वर्षमा एकपटक गरी आयोजना गरिन्छ। यो नाच नेवार समुदायको सांस्कृतिक र धार्मिक धरोहरका रूपमा स्थापित परम्परा हो।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।