काठमाडौं । भारतको तेलंगाना राज्यमा एक दुःखद सडक दुर्घटनामा २० जनाको मृत्यु भएको छ।

यो घटना सोमबार बिहान रंगा रेड्डी जिल्लाको चेवेला प्रहरी चौकी अन्तर्गत पर्ने खानापुर गेट नजिक बस र ट्रक एक आपसमा ठोक्किँदा भएको हो।
समाचार एजेन्सी एएनआई का अनुसार दुर्घटनामा बसमा सवार २० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। तीमध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ।
तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डी ले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यलाई तीव्रता दिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी ले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रति व्यक्ति दुई लाख रुपैयाँ र घाइतेहरूलाई पचास हजार रुपैयाँ राहत स्वरूप प्रदान गरिने घोषणा गरेका छन्।
यो रकम प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट उपलब्ध गराइने प्रधानमन्त्री कार्यालयले जनाएको छ।












