काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार जारी विज्ञापनअनुसार सहायक निर्देशक (अधिकृत तृतीय) र वरिष्ठ सहायक (सहायक प्रथम) तहका पदहरू खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा भर्ना गर्न आवेदन माग गरिएको हो ।

सहायक निर्देशकमा प्रशासन समूह खुला १, कानून समूह मधेशी समावेशी १ र दलित समावेशी १ पद खुला गरिएको छ। त्यस्तै, वरिष्ठ सहायकमा प्रशासन समूह खुला १ र महिला समावेशी १ पदमा आवेदन मागिएको छ ।
उम्मेदवारहरूले बोर्डको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन असोज २ गतेभित्र दिनुपर्नेछ भने दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म बुझाउन सकिनेछ ।













