रामेछाप, । अखिल (क्रान्तिकारी) रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिको भेला तथा सम्मेलनबाट सुनगाभा थापा मगरको अध्यक्षतामा २५ सदस्यीय नयाँ समिति निर्वाचित गरिएको छ।

शनिबार काठमाडौंको जडीबुटीस्थित रोयल बैंक्वेटमा आयोजित सम्मेलनले उपाध्यक्षमा कुमार मानन्धर र अस्मिता चौहान, सचिवमा सरोज चौलागाईं, सह–सचिवमा अबिशेक कार्की र सन्तोष गौतम तथा कोषाध्यक्षमा अन्नपूर्ण श्रेष्ठलाई चयन गरेको हो।
कार्यक्रम नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठ, जिल्ला संयोजक कमान सिंह मोक्तान, रामेछाप–काठमाडौं सम्पर्क समन्वय समिति इन्चार्ज कर्णखर चौलागाईं, सह–इन्चार्ज राजन पौडेल, पूर्वअध्यक्ष प्रवल बल, बागमती प्रदेश सदस्य शिशिर खड्गी, रबिन्द्र पौडेल, उद्धव रम्तेल, तथा YCL नेपाल केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज मुकुन्द गौतम , अखिल क्रान्तिकारी बागमती प्रदेश अध्यक्ष अर्जुन पौडेल, उपाध्यक्ष सन्तोष चौहान र कोषाध्यक्ष अनिता श्रेष्ठ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
अखिल (क्रान्तिकारी) रामेछापका अध्यक्ष रोशन कार्कीका अनुसार कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्र अध्यक्ष विजय प्रकाश सापकोटा, केन्द्रिय उपाध्यक्ष अटल आचार्य, र केन्द्रिय उप–महासचिव निरोज श्रेष्ठको पनि बिशेष उपस्थिति रहेको थियो।
सो अवसरमा रामेछाप जिल्लाबाट २०८१ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २५० भन्दा बढी विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमले संगठनात्मक एकता सुदृढीकरण, विद्यार्थी आन्दोलनको सशक्तिकरण र आगामी राजनीतिक तथा शैक्षिक अभियानमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको अखिल (क्रान्तिकारी) केन्द्र अध्यक्ष विजय प्रकाश सापकोटाले बताए।












