काठमाडौं – द्वन्द्व मैत्री समाज नेपालको आयोजनामा सम्पन्न डन्डीवियो प्रतियोगिता २०८२ का विजेता टोलीहरूलाई आज एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ ।

मिति २०८२ साल वैशाख १३ गते शनिवारका दिन काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ३ स्थित शहीद स्मृति पार्कमा सम्पन्न खुला डन्डीवियो प्रतियोगिता २०८२ मा विजेता बनेका टोलीहरूलाई आज आयोजित कार्यक्रममा पुर्व बागमती प्रदेश सभा सदस्य माननीय हिमाली गोलेको प्रमुख अतिथियतामा पुरस्कृत गरिएको हो ।
आज काठमाडौं महानगरपालिका वडा नं. ३२, कोटेश्वरमा आयोजित कार्यक्रममार्फत प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने चनखु ग्लोबल टिम र तृतीय स्थान हासिल गर्ने दोरम्बा सम्पर्क टिमलाई पुरस्कार वितरण गरिएको संस्थाका महासचिव डम्बर थामी ले जानकारी दिए ।





यस कार्यक्रममा सहिद परिवार कपिल राज गिरि, सामाजिक व्यक्तित्व नोएल बुढाथोकी, दिलिप राज गिरि र अधिवक्ता रमेश श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्ने भटौली टिम भने विशेष कारणबस कार्यक्रममा उपस्थित हुन नसकेकोले सो टोलीलाई पछि भेटघाट गरी पुरस्कार हस्तान्तरण गरिने आयोजक संस्थाले जनाएको छ र डन्डीवियो प्रतियोगिता २०८२ को प्रायोजक राष्ट्रिय खेलकुद परिषद रहेकोले पुरस्कार वितरणमा केही ढिलाइ भएको थियो। सो विषयमा द्वन्द मैत्री समाज नेपालले आफ्नो तर्फबाट माफी माग्दै आज आयोजित कार्यक्रममा बिजेता टिमलाई पुरस्कार प्रदान गरेको छ।













