२०८२ मंसिर २६ शुक्रबार
२०८२ मंसिर २६ शुक्रबार

जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संगठनले टिआरसी अध्यक्षसँग गर्‍यो छलफल

काठमाडौं । जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संगठनका प्रतिनिधिहरूले आज सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) का अध्यक्ष महेश थापासँग भेटघाट तथा छलफल गरेका छन् ।

काठमाडौंको हाँडीगाउँस्थित आयोगको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त भेटमा संगठनका केन्द्रीय उपाध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा महासचिव भक्तराज थापा, सचिव शंकर बोहरा, अपाङ्ग योद्धा चम्पा कार्की लगायतको उपस्थिति रहेको थियो ।

भेटघाटका क्रममा संगठनले सशस्त्र द्वन्द्वको समयमा घाइते भएका योद्धाहरूको वर्तमान अवस्था, उनीहरूले भोगेका पीडा, न्यायको अभाव, पुनःस्थापना र सम्मानका विषयहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न आयोगको ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी, संक्रमणकालीन न्याय प्रक्रिया लम्बिँदै जानु र अहिलेसम्म ठोस निष्कर्षमा नपुगेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उक्त प्रक्रिया यथाशीघ्र निष्कर्षमा पुर्‍याउन आयोगले स्पष्ट रणनीति तय गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।

अध्यक्ष महेश थापाले आयोग पीडितप्रति संवेदनशील रहेको भन्दै संक्रमणकालीन न्याय सम्पादनमा निष्पक्ष र प्रभावकारी पहल भइरहेको जानकारी गराएका थिए। उनले पीडितको आवाज र सुझावलाई प्राथमिकताका साथ समेटिने र प्रक्रिया पारदर्शी बनाइने आश्वासन पनि दिएका थिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।