२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

संसद् अवरोध खोल्न सभामुखको पहल, तर सहमति जुटेन

काठमाडौँ — भिजिट भिसा सेटिङ प्रकरणका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहेका बेला सभामुख देवराज घिमिरेको पहलमा प्रमुख तीन दलका प्रमुख सचेतकबीच छलफल भयो। तर, सहमति जुट्न सकेन।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा सभामुख घिमिरेले पटक–पटक बैठक स्थगित गरेर पनि निकास नखोजिएकोमा असन्तुष्टि जनाउँदै संसद् अवरोध हटाउन आग्रह गरे। उनले बजेटमाथि छलफल अघि बढाउन संवैधानिक र व्यवहारिक पक्ष ध्यानमा राख्नुपर्ने बताए।

छलफलमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका महेशकुमार बर्तौला र माओवादी केन्द्रका हितराज पाण्डे सहभागी थिए। प्रमुख विपक्षी माओवादीका पाण्डेले पार्टी अध्यक्ष पुष्पकमल दाहालले बोलाएको बैठकपछि मात्र धारणा दिने बताए।

सत्तारुढ दलका प्रमुख सचेतकहरू एमालेका बर्तौला र कांग्रेसका घिमिरेले विपक्षीको मागअनुसार गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्न नमिल्ने अडान दोहोर्‍याए।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।