२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गर्नुभएको छ । वालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गर्नुहुँदै उहाँले बैङ्क तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ । त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ, । ”

त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अबलम्बन गर्ने पनि गभर्नर डा पौडेलले बताउनुभयो । त्यस्तै राष्ट्र बैङ्कका नीति निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

त्यस्तै, राष्ट्र बैङ्कको स्वायत्तता कायम गर्नका लागी राष्ट्र बैङ्क ऐनअनुसार काम गर्ने पनि गभर्नर डा पौडेलको भनाइ छ । डा पौडेलले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग गभर्नर पदको तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको थियो । त्यसलगत्तै उहाँले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थमन्त्रालयमा भेटवार्ता गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।