काठमाडौँ । संघीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२:०० बजेदेखि अन्त्य हुँदै छ । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२:०० बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0