काठमाडौँ । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्न ढिलाई भएको छ ।

बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफलमा छन् ।

बैठकअघि सभामुख घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरुसँग संसद् भवन नयाँ बानेश्वरमा सुरु गरेको सभामुखको निजी सचिवालयले जनाएको छ ।

बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका मुख्य सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0