काठमाडौ । बझाङ घर भइ काठमाडौ बस्दै गरिब ,दुखी विधार्थीको सेवामा तल्लीन सुरेश घर्तीलाई अनेरास्ववियु केन्द्रीय कमिटीले केन्द्रिय सदस्यमा मनोनीत गरेको छ । 

लामो समयदेखि अनेरास्ववियुमा आवद्ध घर्ती यसभन्दा अगाडि अनेरास्ववियु बझाङ -काठमाडौ सम्पर्क कमिटी अध्यक्ष हुँदै हाल सुदुर पश्चिम -काठमाडौ सम्पर्क कमिटीको अध्यक्ष समेत रहेका छन् । 

घर्ती राजनीतिमा मात्र नभै निर्माण पेशा व्यवसायमा पनि आवद्ध भएका नेता हुन्  । उनले अनेरास्ववियुको विभिन्न कार्यक्रममा आर्थिक सहयोग सहित अन्य आवस्यक  सहयोग  गर्दै आइरहेको छ  । 

केन्द्रिय सदस्यमा मनोनीत भएपछि घर्तीले आफुले पाएको जिम्मेवारी ,संगठनले गरेको विश्वासलाई जित्ने गरि काममा लाग्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0