
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोलामा १३ सय रुपैयाँले बढेर एक लाख ७४ हजार ८ सय रुपैयाँ कायम भएको हो । यसअघि बुधबार प्रतितोलामा एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलाको एक हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर तोलामा दुई हजार २० रुपैयाँ भएको महासंघको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
