काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणीका लागी ६८८ जना शिक्षक माग गरेको छ ।

आयोगले बिहीबार जारी गरेको सूचनाअनुसार नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य तथा शारीरिक शिक्षा, संस्कृत व्याकरण र संस्कृत भाषा विषयमा शिक्षक माग गरेको हो।

उमेर हद १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। परीक्षा दस्तुर सात सय रुपैयाँ र समावेशी समूहतर्फका थप विज्ञापनमा पाँच सय रुपैयाँ लाग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0