
काठमाडौँ । समाजवादी मोर्चाले शुक्रबार गणतन्त्रको पक्षमा काठमाडौँमा विरोध प्रदर्शनको गर्न लागेको छ । समाजवादी मोर्चाले शुक्रबारको विरोध प्रदर्शनको रुट तयार परेको छ ।
मोर्चाका अनुसार बिहान ११ बजेदेखि जुलुस निकाल्न सुरु हुनेछ । रुट नम्बर–१ (कोटेश्वर–नयाँ बानेश्वर–माइतीघर–भद्रकाली–भृकुटीमण्डप रहने छ ।
यस्तै रुट नम्बर–२ (कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्ति बाटिका–भृकुटिमण्डप रत्नपार्कतर्फको भाग रहने) छ भने रुट नम्बर–३ मा (सोह्रखुट्टे–लैनचौर–नागपोखरी–पुतलीसडक–भृकुटीमण्डप आर.आर. क्याम्पसतर्फको भागमा रहने छ ।
जुलुस सोह्रखुट्टे चोक, बबरमहल (पुलको छेउ), कुपण्डोल (हनुमानथान), त्रिपुरेश्वर चोक, सुन्धारा, न्युरोड गेट, मैती देवी चोकमा भेला भएर सुरु हुनेछ । १ बजेदेखि हुने वृहत जनसभाको कार्यक्रमिक मन्च भने भृकुटीमण्डपबाट निस्कने चोकमा टी आकारमा रहने मोर्चाको भनाइ छ ।
