रामेछाप नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा अखिल (क्रान्तिकारी) रामेछाप जिल्ला समितिले कुलमान घिसिङको गृह जिल्लामा बिरोध प्रदर्शन तथा राके जुलुस निकालेको छ ।

बिरोध प्रदर्शनमा केपी ओली मुर्दावाद ,नालायक सरकार मुर्दावाद !, उर्जामन्त्री राजीनामा दे !, केपी ओली मुर्दावाद !, जस्ता नारा लगएका थिए ।

प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त हुन केही महिना मात्रै भएका घिसिङलाई सोमबार साझा मन्त्रीपरिषद्को बैठकले हटाउने र हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो ।

घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएपछि माओवादी लगायतका पार्टी र नागरिक स्तरबाट समेत सरकारको विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0