
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले १६ प्रहरीलाई चेतावनी दिएको छ ।
प्रकाशित सूचनाअनुुसार लामोसमयदेखि विना जानकारी कार्यालयले खटाएको काममा हाजिर नभएको हुनाले एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिइएको छ ।
सम्पर्कमा नआएमा प्रहरी नियमावलीअनुसार सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही गरिने पनि हेडक्वार्टरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
