
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अहिलेसम्म ९९ क्याम्पसमा सभापति पद जित्न सफल भएको छ । निर्वाचनको प्रारम्भिक परिणामअनुसार नेकपा एमालेनिकट अनेरास्ववियु ८६ क्याम्पसमा विजयी भएको छ ।
स्ववियु निर्वाचनका लागि देशभरका विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा मतदान सम्पन्न भइसकेको छ । हाल मतगणना कार्य तीव्र रूपमा जारी रहेको छ भने प्रमुख विद्यार्थी संगठनहरूबीच प्रतिस्पर्धा जारी छ ।
अन्य दलसम्बद्ध विद्यार्थी संगठनहरू पनि विभिन्न क्याम्पसहरूमा प्रतिस्पर्धा गरिरहेका छन् । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, जनमत पार्टीनिकट विद्यार्थी संगठन, र स्वतन्त्र उम्मेदवारहरू पनि केही क्याम्पसहरूमा विजयी भएका छन् । प्रारम्भिक नतिजामा नेविसंघको अग्रता देखिए पनि बाँकी रहेका मतगणनाका परिणामहरूले अन्तिम नतिजा कस्तो आउँछ भन्ने अझै स्पष्ट भइसकेको छैन ।
नेवि संघले जितेका क्याम्पस :-



अनेरास्ववियुले जितेका क्याम्पस :-



