
काठमाडौं । दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई अमेरिकाले निष्कासित गरिएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसबारे जानकारी दिँदै दक्षिण अफ्रिकी राजदूतमाथि अमेरिका र डोनाल्ड ट्रम्पप्रति ‘घृणा’ फैलाइरहेको आरोप लगाएका छन् ।
रुबियोले एक्समा लेखेका छन्, “दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान देश अमेरिकामा स्वागत छैन। इब्राहिम रसूल जातिवादी राजनीतिज्ञ हुन्, जसले अमेरिका र अमेरिकाका राष्ट्रपतिलाई घृणा गर्छन् ।”
यसअघि, फेब्रुअरीमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको अमेरिकी सहायता रोकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
