काभ्रे । “स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प” भन्ने मुल नाराको साथम पाँचखाल नगरपालिका वडा नम्बर १३ मा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मंगलबार श्री राम उच्च माध्यमिक विद्यालय कोशिदेखामा समर्पित ईन्टरनेसनल र काभ्रे  पलाञ्चोक सेवा समाजको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको रेडियो नमोबुद्धका  संवाददाता श्याम योञ्जनले जनाकारी दिए । 

शिविरमा नशा तथा हाडजोर्नी,मुटु रोग,ई.सि.जि र ईको द्वारा बिरामीको चेकजाँच गरिएको थियो । विर हस्पिटल र गंगालाल  हस्पिटलका विशेष डाक्टरहरुको उपस्थितिमा भएको शिविरमा  २७२ जनाले सेवा लिएको कोशिदेखा स्वास्थ्य  चौकि इन्चार्ज उर्मिला खरेल थपलियाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0