काठमाडौं– प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र United Nations Headquarters New York, Director Of UN Police Division (UN Police Commissioner) Faisal Shahkar तथा Selection and Recruitment Section Chief Ata Yenigun बीच बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । 

भेटघाटको क्रममा उहाँहरूबीच आपसी सहयोग, सूचना आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल समेत भएको थियो । 

सो अवसरमा युएन प्रतिनिधि मण्डलको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको सांगठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्य सम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।   

कार्यक्रममा United Nations Headquarters New York, Director Of UN Police Division (UN Police Commissioner) Faisal Shahakar तथा Selection and Recruitment Section Chief Ata Yenigun ले सहभागीहरूबाट उठेका जिज्ञासाहरूको निरूपण गर्दै संयुक्त राष्ट्र संघीय मिसनमा नेपाल प्रहरीको सहभागिता लगायतमा नेपाल प्रहरीसँग सहकार्य गरिने बताउनुभयो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

युएन प्रतिनिधि मण्डलको टोली ४ दिने भ्रमणका सिलसिलामा बुधबार नेपाल आउनु भएको हो । उहाँहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायत लगायतका प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभएको थियो ।

भ्रमणको क्रममा युएन प्रतिनिधि मण्डलको टोली राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । विशेषत उहाँहरू नेपाल प्रहरीको तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा केन्द्रीत हुनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0