काठमाडौं । यतिबेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का लागिपरेकाे छ । तर, सोहि मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले भने कुलमानलाई कारवाही नभएर अर्को एक कार्यकाल प्राधिकरणको नेतृत्व दिनुपर्ने बताएका छन् ।

त्यस्तै राज्यमन्त्री तामाङले मन्त्रालयले घिसिङलाइ कार्यसम्पादन मूल्यांकनमा दिएको शून्य अंकलाई कागजी खोस्टा को संज्ञासमेत दिए । ‘त्यो मूल्यांकनको काम छैन, कागजी खोस्टा मात्रै हो, उहाँको मूल्यांकन जनताले गरिसकेका छन्’, उनले भने, ‘उहाँलाई त दोहोर्याएर नियुक्त दिनुपर्छ, हटाउने कुरै छैन ।’

कुलमानको पक्षमा अडान लिएकै कारण उनी हटाइन सक्ने बाहिर अनुमान भैरहँदा कान्छारामले पनि त्यस्तो संकेत गरे । ‘उहाँभन्दा अघि त मेरै पद जान्छ नि एक वर्षको लागि भनेर मलाई राज्यमन्त्री बनाएका हुन्’, उनले भने ‘अब असार ३१ सम्म त हुन्छु होला म, उहाँ त साउन सम्म हुनुहुन्छ नि ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0