काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार टुंगो लगाएको छ ।

अखिल क्रान्तिकारीले संगम कुमार लामालाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव शिशिर बस्यालले जानकारी दिए ।

बस्यालका अनुसार लामा क्याम्पस कमिटीका अध्यक्ष हुन् । उनी स्नातकोत्तर तहमा अध्यनरत छन् । त्रिभुवन विश्वविद्यालयले ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउँदै छ । त्यसका लागि त्रिविले १३ बुँदे निर्देशन जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0